September 20, 2017

बाढीपहिरो प्रभावितलार्इ काठमाण्डौ महानगरपालिकाले गर्यो ३९ लाख रुपैयाँ सहयोग

काठमाण्डौ २  भदाै । बाढी पहिरोबाट प्रभावित जिल्लामा राहत तथा उद्धारका लागि काठमाण्डौ महानगरपालिकाले ३९ लाख रुपैयाँ सहयोग गरेको छ ।

महानगरपालिकाको तर्फबाट २५ लाख तथा त्यहाँ कार्यरत कर्मचारीको एक दिनको तलब बापत १४ लाख रुपैयाँ गरी ३९ लाखको चेक ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी सहयोग गरेको हो ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित महानगर उप–प्रमुख, कार्यापालिका सदस्यहरुलगायतका टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

महानगरपालिकाले प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।