October 23, 2017

हराएको ४७ दिनपछि जिवित भेटिएका लियानले अस्पतालमै मनाए आफ्नो २२ औं जन्मदिन

काठमाण्डौ, १५ वैशाख । हिउँमा चिप्लिएर वेपत्ता भएको ४७ दिनपछि जीवितै उद्दार गरिएका ताइवानी युवक लियान सेङ यूले अस्पतालको शय्याबाटै २२ औं जन्मदिन मनाएका छन् ।

ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा उपचार गरिरहेका सेङ यूले चकलेट र चिज केट काटेर बर्थ डे मनाउने इच्छा जनाएपछि अस्पतालले त्यसको व्यवस्था मिलाएको थियो । उनलाई जन्मदिनको शुभकामना दिन पर्यटन राज्यमन्त्री परशुराम तामाङ अस्पताल पुगेका थिए ।

ताइवानी लियान र लिउ चेन युन फागुन अन्तिम साता उत्तरी धादिङको रुपभ्यालीबाट लाङटाङ जाने क्रममा त्याग्रेभीरबाट चिप्लिएर खाल्डोमा खसेका थिए । हिउँमा चिप्लिएका उनीहरु करिव २०० मिटर तल पहरा छाँगामा अलपत्र परेका थिए । बुधबार उद्धार टोलीले भेट्टाउँदा लियान सेङ यू लियान सेङ यूको कपाल हिउँले ढाकिएको थियो भने नजिकै लिउ चेन युनको शव रहेको उद्धारकर्ता दावा तामाङले बताए ।

ताइवानको नेशनल डोङ हृवा युनिभर्सिटीका विद्यार्थी लियान सेङ यू र लिउ चेन युन भारत हुँदै नेपाल आएका थिए ।