कपिलवस्तुमा आगलागी, एक बालकको मृत्यु

खग प्रसाद चापागाई / कपिलवस्तु, १५ वैशाख । शुद्धोधन गाँउपालिका वडा नम्बर ८ हथिहवामा भएको आगलागीबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ओम प्रकाश कुर्मीका दुई बर्षिय छोरा श्याम कुर्मी रहेको ईलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक बिकास थापाले जानकारी दिए । उनका अनुसार ७ घरहरु जलेर नष्ट भएको छ ।

आगलागी के कारणले भएको र क्षतिको यकिन विवरण आइनसकेको उनले बताए । आगलागी नियन्त्रणका लागि कपिलवस्तु नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा आगलागी नियन्त्रणमा आएको थापाले बताए ।