September 20, 2017

प्रदेश र संघकाे चुनाव १५ मंसिर भित्रै गर्ने प्रमुख दलहरुबीच सहमति

काठमाण्डौ ३२ साउन । भदौ पाँच गतेभित्र संविधान संशोधनको टुंगो लगाउन प्रमुख दलहरु सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको प्रमुख तीन दल कांग्रेस एमाले र माओवादी केन्द्रका शिर्ष नेताको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी नेकपा एमालेका नेता सुवास नेम्वाङले घटीमा भदौ ४ र बढीमा ५ गतेभित्र संविधान संशोधनको टुंगो लगउने निर्णय गरेको जानकारी दिए ।

प्रमुख तीन दलबीच आगामी मंसिर १५ गतेभित्र प्रदेश र संघको दुवै चुनाव सम्पन्न गर्ने निर्णय भएको छ । संविधान कार्यान्वयनका लागि मंसिर १५ लाई डेडलाइन मानेर चुनाव सम्पन्न गर्ने सहमति भएको एमाले नेता नेम्वाङले बताए । उनका अनुसार निर्वाचन आयोगसँग सल्लाह गरेर निर्वाचनको मिति तय गरिनेछ ।

प्रमुख तीनदलको बैठकपछि संविधान संशोधन र निर्वाचनका बिषयमा प्रधानमन्त्री शेर वहादुर देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसंग छलफल गर्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचन तथा संसोधनका बिषयमा प्रमुख दलबीच भएको सहमतिका बिषयमा जानकारी गराउदै अन्य दलको राय माग्नुभएको बैठकपछि नेताहरुले जानकारी दिएका छन् ।

बैठकमा केहि साना दलले भने संसोधनका बिषयमा आपत्ती जनाए थिए भने प्रदेश र प्रतिनिधी सभाको निर्वाचन भने एकै चरणमा गर्नुपर्ने सुझाव दिएका थिए ।