September 20, 2017

रोजगारीका लागि भारत जानेहरुको लामो लर्काे

सुरेश भट्ट/ कञ्चनपुर ३२ साउन । दशैं तिहारका लागि घरखर्च जुटाउन भन्दै सुदुर तथा मध्य पश्चिमका अधिकांस किसानहरु रोपाइँ सकिए संगै भारत जान थालेका छन ।

कञ्चनपुरको गड्डाचौकी नाकामा छोटो समयको लागी रोजगारीका लागि भारत जानेहरुको लामो लर्काे देखिन्छ । बर्खामा लगाउने  खेतीपातीको काम सकिएपछि भारतका विभिन्न शहरमा गएर करिव २ महिना रोजगारी गरी  दशै खर्च जुटाउने उद्देश्यले कैलाली र कञ्चनपुरका अधिकांश किसानहरु ज्याला मजदुरीका लागी जाने गरेका छन ।

उनिहरु  मुख्यगरी भारतको हिमांचल, सिम्ला,बेंगलोर, हल्द्धानी,चम्पावत चंडिगढ,हरिद्धार लगायत शहरहरुमा मजदुरी गर्न जाने  गर्दछन् । खेतीपातीमा मात्रै निर्भर हुँदा परिवारको खर्च चलाउन समस्या हुने भएकाले अाफूहरु मजदुरी गर्न भारत जाने गरेका छन् ।

उनिहरुले स्याउ टिप्ने, सडक निर्माण , घर निर्माणमा तथा होटेलहरु लगायतका क्षेत्रमा दैनिक ज्यालादरीमा काम गर्ने गरेका छन । सकारले देशमै रोजगारी का अवसर सिर्जना गरीदिए आफ्नै भुमिमा हातका नंग्रा खियाएरै भएपनी काम गर्ने किसानहरुले दुखेसो पोखेका छन ।

पश्चिमी सिमानाका गड्डाचौकी वाटमात्रै दैनीक १ हजार  देखि १५ सय भन्दा बढी नेपालीहरु रोजगारीका भारतका विभिन्न शहरमा जाने गरेको इलाका प्रहरी कार्यालय गड्चौकी का प्रहरी सहायक निरिक्षक हरि प्रसाद भट्टले बताएका छन् ।