September 20, 2017

पूर्व–पश्चिम राजमार्ग २४ घन्टाका लागि बन्द

नवलपरासी, ३२ साउन । नवलपरासीको बर्दघाट नगरपालिका ४ स्थित दाउन्नेमा सडक भत्किएपछि पूर्व–पश्चिम राजमार्ग २४ घण्टाका लागि बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय नवलपरासीले सडक मर्मतका लागि भन्दै मंगलबार राति १० बजेदेखि बुधबार राति १० बजेसम्मका लागि सडक बन्द गराएको हो । जिल्ला प्रशासनले सूचना जारी गरेर सडक बन्द गराएपछि सवारीसाधन तथा यात्रु मारमा परेका छन् ।

भारी वर्षा कारण दाउन्ने र दुम्कीबासको विभिन्न ठाउँमा पनि पहिरो झरेको छ। एक हप्ता अगाडि नै ठाउँठाउँमा पहिरो झरेर ठप्प बनेको यातायात एकतर्फी सुचारु गरिएको थियो। तर फेरि पहिरो गएपछि यातायात पूर्ण रुपमा ठप्प भएको छ।