पोर्चुगलमा दुर्इ सय वर्ष पुरानो रुख ढल्दा १३ जनाको मृत्यु, ४९ जना घाइते

काठमाडौ,३२ साउन । पोर्चुगलको मडेइरामा दुई सय वर्ष पुरानो ओक्सको रुख ढलेर च्याप्दा १३ जनाको ज्यान गएको छ । अन्य ४९ जना घाइते भएका छन् ।

मडेइरा आइल्याण्डको फुन्चल बजारमा धार्मिक पर्व मनाउन भेला भएका मानिसको भिडमा रुख ढलेको हो । ज्यान गुमाउनेमा दुई बालबाकालिका पनि रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

घाइते हुनेमा केही विदेशी नागरिक पनि रहेको उल्लेख गरिएको छ । घटनापछि मडेइरा आइल्याण्डको स्थानीय सरकारले तीन दिने शोकको घोषणा गरेको छ ।

यस्तै पोर्चुगलका राष्ट्रपति मार्सेलो रिकेलो डि साउसाले घटनाबाट आफू तथा सबै पोर्चुगिज नागरिक दुःखी भएको बताएका छन् ।