September 20, 2017

पछि सर्यो प्रदेश र केन्द्रको निर्वाचन मिति घोषणा, प्रदेश र प्रतिनिधिसभाका लागि कहाँ कति क्षेत्र ?

पछि सर्यो प्रदेश र केन्द्रको निर्वाचन मिति घोषणा, प्रदेश र प्रतिनिधिसभाका लागि कहाँ कति क्षेत्र ?

काठमाण्डाै, ३२ साउन । प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन मिति तत्काल घोषणा नहुने भएको छ ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सम्पन्न नगरेपछि निर्वाचन मिति घोषणा पछि सरेको हो । निर्वाचन आयोगले मंसिर पहिलो साता प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन गर्न भदौको पहिलो साता मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको थियो ।

क्षेत्र निर्धारण आयोगले २१ दिनको कार्यावधिमा काम सम्पन्न नगरेपछि सरकारले थप १५ दिन म्याद थपेको छ । तराईमा थप गरेका २२ स्थानीय तहबारे काम गर्नुपर्ने भएपछि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद थपेको हो ।

थपिएका स्थानीय तहको संख्याले आयोगलाई काम गर्न समस्या नहुने आयोगका सदस्य माधव अधिकारीले जानकारी दिए । याे खबर नयाँ पत्रिकामादैनिकमा छ ।

आयोगका छलफलमा रहेका निर्वाचन क्षेत्र 
प्रतिनिधिसभाका लागि कहाँ कति क्षेत्र ?
प्रदेश नम्बर १ : २८
प्रदेश नम्बर २ : ३२
प्रदेश नम्बर ३ : ३३
प्रदेश नम्बर ४ : १८
प्रदेश नम्बर ५ : २६
प्रदेश नम्बर ६ : १२
प्रदेश नम्बर ७ : १६
जम्मा : १६५

प्रदेश सभाका लागि कहाँ कति क्षेत्र ?
प्रदेश नम्बर १ : ५६
प्रदेश नम्बर २ : ६४
प्रदेश नम्बर ३ : ६६
प्रदेश नम्बर ४ : ३६
प्रदेश नम्बर ५ : ५२
प्रदेश नम्बर ६ : २४
प्रदेश नम्बर ७ : ३२
जम्मा : ३३०