August 24, 2017

प्रहरी टोलीले गर्यो बुलबुले तालकाे सफाई

काठमाण्डौ १५ वैशाख ।  “पुरातात्विक सम्पदाको जगेर्ना, हामी सबैको अभिभारा” भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालय र उपत्यका नगर विकास समिति सुर्खेतको आयोजनामा आज बुलबुले को सरसफाई गरिएको छ ।

म्यादि प्रहरीमा पनि सामाजिक उत्तरदायित्व बहनतर्फको व्यवहारिक अभ्यास हुनुपर्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । आफ्नो घर आगन, गाँऊ टोल सफाँ राख्नु पर्छ भनेर समाजलाई घच्घच्याने नै यो कार्यक्रमको मुख्य सन्देश हुने जिल्ला प्रहरी कार्यालय सुर्खेतका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी मोहन आर्चायले बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, मध्यपश्चिम प्रहरी प्रमुख डिआईजी विजयलाल कायस्थ लगायतकाे उपस्थिति थियो ।