November 19, 2017

प्रधानमन्त्रीले के-के सहमति गरेपछि केसीले अनशन तोडे?

काठमाण्डाै, ३२ साउन । २३ दिनदेखिको अनशरत डा. गोविन्द केसीका मागबारे वार्ता गर्न १९ दिनदेखि काम गर्दा पनि सरकारी समितिले ठोस निकास दिन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्यक्ष ‘हस्तक्षेप’ गरेर सुखद निष्कर्षतिर पुर्‍याएका छन् ।

तीनपटकसम्म उच्च स्तरीय बैठक बस्दा र प्रमुख प्रतिपक्षसँग आग्रह गर्दा पनि निकास निस्किन नसेको अवस्थामा देउवाले पछिल्ला २४ घण्टामा ठोस प्रस्तावसहित केसी पक्षसँग सीधै सम्पर्कमा रहेर टुंगोमा पुर्‍याए । देउवाले डा. केसीले उठाएका प्रमुख माग सम्बोधन हुनेगरी मंगलबार दिनभरमा चारवटा निर्णय गराए ।

साँझ पाँच बजे सरकारले आकस्मिक रूपमा मनमोहन मेडिकल कलेज खरिद प्रक्रिया अगाडि बढाउन मुख्य सचिवको संयोजकत्वमा अर्थ, सार्वजनिक खरिद कार्यालय शिक्षा र स्वास्थ्य सचिव सदस्य रहेको कमिटी गठन गरेको छ ।

चिकित्सा शिक्षा विधेयक पारित गराउन मनमोहन मेडिकल कलेजका कारण बाधा पुगेको छ ।यो खबर नागरिक दैनिकमा छ ।