September 25, 2017

कांग्रेस नेता विमलेन्द्र निधि अस्पताल भर्ना

काठमाडौं, ३१ साउन  । सोमबार राति अचानक स्वास्थ्यमा समस्या आएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि अस्पताल भर्ना हुनु भएको छ ।
नेता निधिलाई हिजो राति ८ः३० बजे राजधानीको चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो । उहाँलाई ओम अस्पतालको बेड नंबर २०४ मा राखिएको छ । निधिकाे उपचारमा अस्पतालका डाक्टर राहुल पाठककाे टिम संलग्न छ ।

अचानक पेट दुखेर अस्पताल पुर्याइनु भएका निधिलाई ग्यासट्राइटिस सिभियरको समस्या देखिएको उपचारमा संलग्न डाक्टरको भनाई छ । नेता निधिको भोलि बिहान इन्डोस्कोपी गर्ने डाक्टरले जानकारी गराएका  छन । उपचारमा संलग्न डाक्टरका अनुसार नेता निधिले केही दिन आराम गर्नुपर्ने हुन्छ ।
पूर्ब उपप्रधान एवं गृहमन्त्री समेत रहेका कांग्रेस नेता निधि आज बिहान बाढी प्रभावित तराईका जिल्लामा जाने कार्यक्रम रहेको थियो । स्वास्थ्यमा समस्या आएपछि सो कार्यक्रम स्थगित गरिएको छ ।