श्रीलङ्का र ओमानका लागि नेपाली राजदूत नियुक्त

काठमाण्डौ १५ वैशाख । राष्ट्रपति विद्यादेवि भण्डारीले मन्त्रिपरिषद्को सिपारिसमा श्रीलङ्का र ओमानका लागि नेपाली राजदूत नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम श्रीलङ्काका लागि नेपाली राजदूतमा डा. विश्वम्भर प्याकुर्‍याललाई र ओमानको लागि नेपाली रातदूतमा शर्मिला पराजुली (ढकाल) लाई नियुक्त गरिएको हो ।

शुक्रबार राष्ट्रपतिको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो ।