August 17, 2017

एमालेकै सहमतिमा संशोधन प्रस्ताव पारित हुने कानूनमन्त्री नायकको दाबी

काठमाण्डौ, १५ वैशाख । कानूनमन्त्री अजयशंकर नायकले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विधेयक एमालेको सहमतिमा सर्वसम्मतिले पारित हुने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले एमालेकै समर्थनमा उक्त संशोधन विधेयक सर्वसम्मतिले पारित हुने दाबी गरेका हुन् । राष्ट्रलाई पूरै एकताबद्ध बनाएर अघि बढाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महत्वपूर्ण भूमिका निर्वाह गरेको मन्त्री नायकको भनाई छ ।

कार्यक्रममा काङ्ग्रेसका नेता महेन्द्र यादबले यही वैशाख १७ ते नै संशोधन प्रस्ताव पारित हुने दाबी गरे । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केशब बडालले संसदको प्रक्रियामा रहेको संशोधन विधेयक तुरुन्त फिर्ता लिनुपर्ने माग गरे ।

कार्यक्रममा नवगठित राजपा नेपालका शीर्ष नेता अनिलकुमार झाले संशोधन प्रस्तावलाई पारित गर्नुपर्ने बताउँदै संसोधन प्रस्ताव पास नभए देश द्वन्द्वमा जाने चिन्ता व्यक्त गरे ।