August 21, 2017

काठमाण्डौमा ‘घुम्ती हुलाक सेवा’ सुरु

काठमाण्डौ, १५ वैशाख । काठमाण्डौ उपत्यकाको घरघरमा सूचना पुर्‍याउने मुख्य योजनाका साथ शुक्रबारबाट ‘घुम्ती हुलाक सेवा’ को सुरुवात गरिएकाे छ ।

गोश्वारा हुलाक कार्यालयले सर्वसाधारणलाई छिटो र सहज सुविधा प्रदान गर्नका लागि ‘घुम्ती हुलाक सेवा’ को सुरुवात गरेको हो । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले ‘घुम्ती हुलाक सेवा’ को गाडी चलाई सेवाको सुरुवात गरेका हुन् । सेवाअन्तर्गत तीनवटा बसले सेवा दिने कार्यालयले जनाएको छ । घुम्ती सेवालाई काठमाण्डौ उपत्यकामा मात्र नभएर देशभर पुर्‍याउने तयारीका साथ मन्त्रालय लागि परेको मन्त्री कार्कीले बताए ।

घुम्ती शिविरको समयमा आफ्नो चिठीपत्र बाटोबाटै पाउने व्यवस्थासमेत मिलाएको गोश्वारा हुलाक कार्यालयले जनाएको छ ।