October 22, 2017

यात्रुवाहक बसमा ढुङ्गा खस्दा सल्यानमा १ जनाकाे मृत्यु, ११ घाइते

दाङ २९ साउन । सडक माथिबाट खसेका ढुंगा गुडिरहेको बसमा लाग्दा सल्यानमा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य ११ जना घाइते छन् । बस पल्टिएर सडकबाट तल खसेको छ ।

राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको कपुरकोट गाउँपालिका ३ गोठरी खोला भन्ने स्थानमा सडक माथिबाट खसेका ठूला ठूला ढुंगाले लाग्दा अन्दाजी ३२ वर्षिय एक पुरुषको घटना स्थलमै ज्यान गएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।

सल्यान खलंगाबाट दाङ तर्फ गइरहेको ना ३ ख ३२३० नम्बरको सल्यान रुकुम यातायात समितीको गाडी आइतबार दिउँसो दुर्घटनामा परेको हो । घाइतेहरुको तुलसिपुरस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी कपुरकोटले जनाएका छन् ।