August 17, 2017

बाँधका ढोका खुलाउन सरकारसँग एमालेको माग

काठमाडौं, २९ साउन । नेकपा एमालेले कोशी नदीमा पानीको वहाव खतराको संकेतभन्दा माथि आइसकेको भन्दै नेपाली भूभागमा डुवान हुन नदिन बाँधका ढोका खोल्न सरकारसँग माग गरेको छ ।

एमालेका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरी सीमा क्षेत्रमा एकतर्फी ढंगले बाँधिएका बाँधका कारण तराईका विभिन्न भूभागमा वर्षेनी हुने ठूलो क्षतिको दीर्घकालीन समाधान खोज्न कूटनीतिक पहल गर्न पनि माग गरेको छन् ।

उनले बाढी पहिरोपीडितको उद्धार तथा राहतको काममा स्वयंसेवकका रुपमा तत्काल खट्न पार्टी पङ्क्तिलाई आह्वान पनि गरेका छन् ।

यस्तै एमालेले बाढी पहिरोका कारण देशका विभिन्न भागमा उत्पन्न मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल उद्धार र राहतको सरकारसँग माग गरेको छ ।