August 17, 2017

बाढी प्रभावित क्षेत्रका जनतालार्इ सचेत रहन महाशाखाकाे अाग्रह

काठमाण्डाै,२९ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै शक्तिशाली बाढी अाउने सम्भावना रहेकाे भन्दै बाढी प्रभावित क्षेत्रका जनतालार्इ सचेत रहन अाग्रह गरेकाे छ ।

‘बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासीमा साेमबार बिहान नारायणी नदी पनि खतराकाे चिन्हभन्दा माथि जानसक्ने भन्दै आसपासका क्षेत्रका नागरिकलार्इ सतर्क रहन विभागले अाग्रह गरेकाे छ।

 मौसमविद् राजु प्रधानांगका अनुसार आइतबार बिहानदेखि मध्य र पश्चिमका क्षेत्रमा मनसुन केन्द्रित भएको जनाएका हुन् ।

उनले भैरहवा, कपिलवस्तु, नवलपरासी, दाङ, सुर्खेत, बाँके, बर्दिया, कञ्चनपुरतर्फ मनसुन केन्द्रित भएकाेले पूर्वमा मनसुनकाे असर कमजोर भएकाे बताए

‘ सिमरामा २१७ दशमलव २, नेपालगञ्जमा १६९ दशमलव ३ र दाङमा १६७ दशमलव ४ मिलिमिटर वर्षा भएको छ ।

 नारायणी, काेशीसँगै  मेची,  त्रियुगा,  बागमती, पूर्वराप्ती,  विनयखोला, अरुण खोला, तिनाउ,  मोहना, बबई तथा अन्य साना खाेलामा पनि जलाधार खतराको चिन्ह पार गरेकाले उक्त क्षेत्रका स्थानी बासीलाइ सचेत रहन अाग्रह गरेकाे छ ।

पानी पार्ने न्यून चापीय मनसुनी रेखा नेपालको चुरे पहाडी क्षेत्रसम्म आएपछि शनिबार देशैभर भीषण वर्षा भएको विभागले जनाएकाे छ ।