August 17, 2017

महान्यायाधिवक्ता रमन श्रेष्ठद्वारा राजिनामा

काठमाण्डौ, २९ साउन । महान्यायाधिवक्ता रमन श्रेष्ठले राजिनामा दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजिनामा पत्र बुझाएको बताए । श्रेष्ठले तत्कालीन प्रधानमन्त्री प्रचण्डले महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

प्रचण्डले राजिनामा दिएपछि श्रेष्ठ पदमै बसिरहेका थिए । नयाँ प्रधानमन्त्री देउवासँगको परामर्शमै आफू बसेको र राजिनामा दिएको श्रेष्ठले बताएका छन् ।

आइजीपी नियुक्तिको केस  सर्वोच्चमा विचाराधीन रहेको तथा धेरै  कानुनी मुद्दामा  श्रेष्ठले महत्वपूर्ण   भूमिका खेलेकाले देउवाले राजिनामा नदिन आग्रह गर्दै आएका थिए ।

श्रेष्ठको राजिनामा सँगै महान्यायाधीवक्ता बन्न कांग्रेस निकट कानुन व्यवसायीहरुबीच दौडधूप सुरु भएको छ ।