सुर्खेतको गुर्भाकोटमा माटोकाे ढिस्कोमा पुरिएर एकै परिवारका ३ जनाकाे मृत्यु

रमेश पाण्डे / सुर्खेत २९ साउन । गुर्भाकोटनगरपालिका ६ बडाखोलिको सिन्दुरेखोला टोलमा घरमाथिको ढीस्को खस्दा एकै घरका ३ जना को मृत्यु भएको छ । ढिस्कोमा पुरिएका  एक जना को जिवितै उद्दार गरियको छ ।

ढिस्कोमा पुरिएर मृत्यु हुनेमा ८३ बर्षिय गुमान सिङ्ग बुढा, १४ बर्षका बिक्रम बुढा र १२ बर्षका सरण बुढा रहेका छन् । जिवितै उद्दार गरियकी ५५ बर्षकी दुर्पता बुढाको मेहेलकुना अस्पतालमा उपचार भै रहेको छ ।

त्यसै गरी झिङ्गनि खोलाले भेरीगंगा नगरपालिका ६ का करिव ३ रोपनी जग्गामा लागायको धान खेती पनि बगाएको छ । खोलाको वहाव बढिरहेकाले थप क्षती हुन नदिन सुरक्षा सर्तकता अपनाऊन जिल्ला प्रशासन कार्यालय सुर्खेतले सर्वसाधारणलाई सूचित गरेकाे छ ।

सुर्खेतको पुर्वी भेगमा लगातारकाे वर्षाले अवरुद्द टेलिफोन सेवाहरुअाज पनि सुचारु हुन सकेकाे छैन भने गए राती देखि पूर्वी क्षेत्रका गाउँवस्तीहरुमा विद्युत सेवा अवरुद्द छ।