October 22, 2017

बिपद् व्यवस्थापन सरकारका लागि चुनौती : बाणिज्यमन्त्री

भक्तपुर, २९ साउन । बाणिज्य मन्त्री मीन बिश्वकर्माले यति बेला बिपद् ब्यवस्थापन सरकारका लागि चुनौती बनेको बताएका छन  ।

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री बिश्वकर्माले लगातार बर्षाका कारण तराई बाढीको डुबानमा र पहाड पहिरोको चपेटामा परेको अवस्थामा सरकारले सोचे जस्तो बिपद् ब्यवस्थापन गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै आज बस्ने मन्त्रीपरिषद्को बैठकले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्ने सम्भावना रहेका बताए ।

कोशी ब्यारेजका केही ढोका खुल्न सरकारले गरेको कुटनीतिक पहल सफल भएको भन्दै सबै ढोका खुल्दा भारतको बिहार डुवानमा पर्ने र त्यसो नगर्दा नेपाल डुबानमा पर्ने अवस्था रहेकाले बिपद्का बेला सोचेर मात्र काम गर्नु पर्नेमा उहाँले जोड दिए ।

माघ ७ सम्म सम्पूर्ण निर्वाचन सम्पन्न नगरिए देशमा संबैधानिक संकटको अवस्था देखिने भन्दै मन्त्री विश्वकर्माले भने- ‘सरकारले हचुवाको भरमा संसद र प्रदेशको निर्वाचन मिति घोषणा नगर्ने र निर्वाचन आयोगले निर्वाचन गर्न सक्ने अवस्थामा मात्र निर्वाचन मिति घोषणा गरिने छ ।’

वर्तमान सरकार दुवै छिमेकी देशसँग सम्बन्ध सुधार लागि अग्रसर रहेका बेला प्रधानमन्त्रीको भारत भ्रमण बिग्रिएको सम्बन्ध सुधार र ब्यापार घाटाका बारेमा केन्द्रित  हुने बताए ।