पुरै टीकापुर जलमग्न, कर्णाली नदी बस्तीमा पस्ने खतरा बढ्यो

प्रकाश विक / टीकापुर २९ साउन । शनिबार राती देखी परेको अविरल बर्षाका कारण कैलालीको टीकापुर लगायत आसपासका दर्जनौ गाँउबस्ती डुबानमा परेका छन् ।
डुबानले कैलालीको टीकापुर बजार क्षेत्रका सम्पूर्ण घर तथा पसलहरु अस्तव्यस्त पारेको छ । बजारक्षेत्रमा करिब ३ देखि ४ फिट सम्म पानीकाे सतह रहेको छ ।

त्यस्तै बर्षाका कारण भजनी न.पा. क्षेत्र, जानकी गाँउपालिका, लम्की चुहा न.पा., जोशीपुरगाँउपालिका लगायतका आसपासका सम्पूर्ण क्षेत्रहरु प्रभावित भएको छ।

अहिले कर्णाली नदिको सतह बढ्ने क्रम जारी रहेको जल मापन केन्द्र कर्णाली चिसापानी की गेज मिटर रिडर पार्वती गुरुङ्ले जनाएकी छन।
उनका अनुसार अहिले कर्णालीमा पानीको सतह ८.८८ मिटर रहेको छ । सतह मिटर ९ पुगे पछि खतरा हुने बताएकी छन्।

पथरैया नदीमा आएको बाढीका कारण टीकापुर न.पा. ६ अन्तर्गत पर्ने भर्तापुर गाँउपुग्ने सबै सम्पर्क सडकहरु बिच्छेद भएका छन । उक्त गाँउमा उद्दारका लागि पुग्ने प्रयास भइरहेकाे सुरक्षा निकायले जनाएकाे छ।