September 26, 2017

रौतहटमा बाढीले गाडी डुबाउदा गर्भवतीसहित ६ जनाको मृत्यु

रौतहट, २९ साउन । रौतहटको राजपुर फरहदवा चोकमा बढीले गाडी डुबाउदा गर्भवतीसहित ६ जनाको मृत्यु भएकाे छ ।

जिल्लाको परोरा गाउँपालिका–३ का चन्दन प्रसाद यादवकी श्रीमतीलाई सुत्केरी बेथा लागेपछि अस्पताल लैजाँदै गरेको जीप राजपुर फरहदवा चोकमा बाढीले डुबाएकाे हाे ।

बढीमा डुबेर मृत्यु हुनेमा चन्दन किशोर यादव, सरोज कुमार यादव, चन्दनकी गर्भवती श्रीमती, आमा भाउजु र छोरी रहेकाे प्रहरीले जनाएको छ । जीपका चालक र अर्का एक व्यक्तिले भने ज्यान बचाउन सफल भएका छन् ।

जिल्ला अस्पताल गौरमा सुत्केरी गराउन गइरहेका बेला गर्भवती र आफन्त बोकेको गाडी फरहदवा चोक नजिकै लाल बकैया नदीको बाढीमा डुबेको थियो ।

ज्यान गुमाउने पाँचजना एकै परिवारका सदस्य रहेको पनि प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।