September 26, 2017

पाकिस्तानमा बम आक्रमण परि १५ जनाको मृत्यु, ३० जना घाइते

काठमाण्डाै, २९ साउन । पाकिस्तानको क्वेटा शहरमा भएको बम आक्रमणमा १५ जनाको मृत्य भएकाे  छ । ३० जना घाइते भएका छन् ।

बम आक्रमणमा परि मृत्यु हनेमा ८ जना सैनिक रहेको पाकिस्तानी सेनाले जनाएको छ । ड्युटीमा जाँदै गरेको सुरक्षाकर्मी चढेको गाडीलाई लक्षित गरी बम आक्रमण भएको पाकिस्तानी सेनाको जनसम्पर्क विभागलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

घटनामा घाइते भएका ३० मध्ये १५ जना सर्वसाधारण नागरिक रहेका छन् । घाइतेको क्वेटामा रहेको सिएमएच अस्पतालमा उपचार भइरहेको छ ।

बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको अति सुरक्षति स्थानमा घटना भएको हो । घटनाको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।