October 22, 2017

वान बेल्ट, वान रोड परियोजना नेपालको आर्थिक विकासका लागि ठूलो अवसर मन्त्रीः महरा

काठमाण्डौ, १५ वैशाख । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले वान बेल्ट, वान रोड परियोजना नेपालको आर्थिक विकासका लागि ठूलो अवसर भएको बताएका छन् ।

वान बेल्ट, वान रोड परियोजनाका बिषयमा चाइना स्टडी सेन्टरले शुक्रबार काठमाण्डौमा गरेको कार्यक्रममा मन्त्री महराले यस्तो बताएका हुन् । चीनसँगको कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन पनि परियोजनाले ठूलो महत्व राख्ने मन्त्री महराले उल्लेख गरे । साथै लगानीको वातावरण तयार पार्ने सरकारको योजनालाई परियोजनाले सहयोग पुर्‍याउने महराको भनाई छ ।

चीनको बेइजिङमा हुने वान बेल्ट, वान रोड परियोजना (ओबिओआर) सम्मेलनमा नेपालले सहभागिता जनाउने निश्चित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनमा भाग लिन उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई नेपालका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरी चीन जान निर्देशन दिएका हुन् ।