September 26, 2017

सुर्खेतमा पहिरोले घर पुर्दा एकै परिवारका तीनजनाको मृत्यु

सुर्खेत, २९ साउन । सुर्खेतकाे गुर्भाकोट नगरपालिकामा पहिरोले  घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएकाे छ ।

गुर्भाकोट – ६ मा पहिरोले घर बगाउँदा  ८३ वर्षीय गुमानसिं बुढा, उनका १४ वर्षीय नाती बिक्रम बुढा र १२ वर्षीय सरन बुढाको मृत्यु भएको हाे ।

शनिबनर राति १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको  प्रहरीले जानकारी दिएको छ । पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आज विहान निकालेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।