August 17, 2017

घरमै बसेर मोबाइलबाट मुटुको परीक्षण गर्ने प्रविधि भित्रिदै

काठमाण्डौ, २८ साउन । नेपालमा पहिलोपटक हाते मेसिनमार्फत मुटुको अवस्थाको परीक्षण गर्न सकिने भएको छ ।

मोबाइल डिभाइसबाटै मुटुको चेकजाँच प्रविधि अर्थात् कार्डियो ट्र्याक निकट भविष्यमै भित्र्याउने तयारी थालिएको कार्डियो ट्रयाक नेपालका अधिकारी सुवर्ण नेवारले जानकारी दिए ।

प्रविधिको परिचय दिने उद्येश्यले काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा कार्डियो ट्र्याक प्रविधिमार्फत दुर्गममा बस्ने व्यक्तिहरुले घरमै बसेर मुटुको अवस्था थाहा पाउन सकिने बताइएको थियो ।

मुटु चेकजाँचका लागि आवश्यक पर्ने प्रविधि बजारमा ल्याउने तयारी थालिएको नेवारले बताए । स्मार्ट फोनमार्फत मुटुको चेकजाँच गर्न मिल्ने भन्दै त्यसका लागि प्रिन्टर मेसिन, मोबाइल र कार्डियो ट्र्याक आवश्यक पर्ने बताइएको छ ।

यो प्रविधिको प्रयोग मेक्सीको, सिंगापुर लगायतका देशमा भएको छ। यो प्रविधि सस्तो र गुणस्तरीय रहेको बताइएको छ । मुटुको चेकजाँच रिपोर्टको नतिजा घरनजिकै रहेको स्वास्थ्य चौकीबाट प्राप्त गर्न सकिने बताइएको छ । याे खबर  नेपाल समाचारपत्रमा छ ।