August 23, 2017

आइपिएल अन्तर्गत पहिलो खेलमा कोलकत्ता र दिल्ली भिड्दै

काठमाण्डौ, १५ वैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आजको पहिलो खेलमा गौतम गम्भिरको कप्तानीमा रहेको कोलकत्ता नाइट राइडर्स र जहिर खानको नेतृत्वमा रहेको दिल्ली डेयरडेभिल्सबीच खेल भइरहेको छ ।

कोलकात्ताको इडेन गार्डेन्समा भइरहेको खेलमा कोलकत्ताले टस जितेर फिल्डिङ रोजेको हो । प्रतियोगिताको ३२ औं खेलमा काेलकत्ता खेल जितेर तालिकाकाे शीर्षस्थानमा नै रहन चाहन्छ भने दिल्ली जित निकाल्ने प्रयासमा रहनेछ ।

प्रतियोगितामा कोलकत्ताको ८ खेलबाट १२ अङ्क छ भने दिल्लीले ६ खेलबाट ४ अङ्क बटुलेको छ ।