October 17, 2017

ओलीलाई किन भेटिनन् सुष्माले ?

काठमाण्डौ, २८ साउन । भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नभेटी स्वदेश फर्किएकी छन् ।

विमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन काठमाडौं आएकी स्वराजले सत्तारुढ दलका शीर्ष नेता र मधेस केन्द्रित दलका नेताहरुसँग भेटवार्ता गरेर फर्किएकी हुन् । कुटनीतिक भ्रमणमा राजनीतिक भेटघाट हुँदा प्रमुख प्रतिपक्ष दलका नेता प्राय छुट्दैनन्। अध्यक्ष ओलीले शुक्रबार पोखरामा कार्यक्रम रहेकाले आफू व्यस्त हुने सन्देश दिएपछि भेटवार्ता नभएको कुटनीतिक स्रोतले जानकारी दिएको छ ।

कार्यकारी प्रमुख र प्रमुख प्रतिपक्ष दलका नेतासँगको भेटवार्तापछि मात्र सम्बन्धको यथार्थ गहिराइमा पुगिने हुनाले त्यो खालको भेट हुने परम्परा हुन्छ । तर, स्वराजले उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर हरासँग पनि दुईपक्षीय छलफल गरिनन् । उनी महराकै निमन्त्रणामा नेपाल आएकी हुन् ।

स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुसँग भेटघाट गरीनेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेकी थिइन् । राजपाले पारित भए पनि नभए पनि आफूलाई मान्य हुने भन्दै संविधान संशोधन प्रस्ताव पेश गर्न सहमति जनाएको छ ।

पहिलेदेखि बहस भए पनि भेटपछि यस्तो धारढा आएकाले यसलाई संयोगको रुपमा हेरिएको छ। स्वराजले उनीहरुद्याई निर्वचनमा भाग लिन समेत आग्रह गरेकी एक नेताले दूतावास परिसरमा जानकारी दिएका थिए । याे खबर कान्तिपुर दैनिकमा छ ।