September 26, 2017

संविधान संशोधनका बारेमा एमालेकाे पुर्ववत अडान कायमै

काठमाण्डाै, २७ साउन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधनका बारेमा पुर्ववत अडान कायमै राख्ने बताएकाे‍ छ ।

पार्टी कार्यालय धुम्वाराहीमा शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले यथास्थीतमा संशाेधनलाई स्वीकार गर्न नसकिने भन्दै पूर्ववत अडान कायमै रहेको जनाएको हो । बैठकले स्थानीय तह थप्नेबारे सरकार र आयोगले गर्ने निर्णयलाई हेरर प्रतिकृया दिने जनाएको छ ।

त्यस्तै बैठकले चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न माग राखी अनसनमा बसेका डा. गोविन्द केसीका मागबारे सरकार र सत्तागठबन्धनले द्धैध चरित्र देखाएको भन्दै आपत्ति समेत जनाएको छ ।

बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराइले संसदमा ‘चिकित्सा शिक्षा विधेयक’ एमाले नेतृत्वको सरकारले नै टेबुल गरेको र प्रतिपक्षमा भएको बेला पनि उक्त विधेयक संसदमा प्रस्तुत गरी पारित गर्न पटक–पटक सरकारको ध्यानाकर्षण गरेको बताए ।

सरकारले आफ्नो दायित्व पूरा नगर्ने तर एमालेलाई अनावश्यक लाञ्छित गर्ने कुराप्रति गम्भीर असहमति रहेको जनाएको छ । बैठकले तीन जिल्लामा जिल्ला समन्वय परिषद्को प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम टुङग्याएको छ ।