September 26, 2017

चुडामणि शर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाण्डौ,२७ साउन । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

उनकी श्रीमति कल्पना शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् । त्यही मुद्दाको शुक्रबार फैसला गर्दै शर्मालाई थुनामुक्त आदेश दिइएको हो ।

शर्मा थुनामुक्त भएपनि उनी विरुद्ध लागेको भ्रष्टाचारको मुद्दाको सुनुवाई भने जरी रहने सर्वोच्च अदालतले जनाएको छ । कर फस्र्योट आयोगमार्फत गैरकानूनी रुपमा कर मिनाहा गरेको भन्दै उनलाई जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।

उनीसहित कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँको माग दाबी गर्दै साउन १ गते मुद्दा दर्ता भएको थियो ।