August 21, 2017

मुलुक निमार्णमा युवा गम्भिर बन्नुपर्छः उर्जामन्त्री

काठमाण्डौ, २७ साउन । उर्जामन्त्री महेन्द्र बहादुर शाहीले युवाहरु मुलुक निमार्णका लागि गम्भिर बन्नुपर्ने बताएका छन् ।
यूवा गैर सरकारी संस्था महाँसंघ नेपालले राजधानीको पर्यटन बोर्डमा आयोजना गरेको यूवा सम्मेलन २०७४ को सम्बोधन गर्दै मन्त्री शाहीले युवाहरुले अरुलाई दोष दिएर मात्रै मुलुक निमार्ण नहुने बताएका हुन् ।

मन्त्री शाहीले भने,  हाम्रो  खेतबारी बाँझो छ, खोलामा पानी बगेको छ, खाने पानी छैन्,हामी अँध्यारोमा बस्न बाध्य छौँ, त्यसैले हामी भाषणगर्नु भन्दा पनि कामगर्न तर्फ लागौ यसैमा सबको भलो हुनेछ ।’