August 19, 2017

नेपाल विद्यार्थी सङ्घद्वार डा. केसीकाे जीवन रक्षाको माग

काठमाण्डाै, २७ साउन । नेपाल विद्यार्थी सङ्घका नेताहरुले सुलभ र प्रभावकारी स्वास्थ्य शिक्षाको माग गर्दै आमरण अनशन बसेका डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेका विद्यार्थी नेताहरुले शिक्षाविद् केदारभक्त माथेमाको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने, स्वास्थ्य विधेयक यथाशीघ्र पारित गरिनुपर्ने, शान्तिपूर्णरुपमा माग राख्ने नागरिकको मानवअधिकारको रक्षा गरिनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

कार्यक्रममा नेविसंघका नेता दीपक भट्टराई, सहमहामन्त्रीद्वय साधना घिमिरे र ललिता सुनारलगायत ३५ जना केन्द्रीय सदस्य एवं उपत्यकास्थित क्याम्पसका एकाइ सभापतिहरुको उपस्थिति रहेको केन्द्रीय सदस्य तेजबहादुर बानियाँले जानकारी दिए ।

नेविसंघका नेताहरुले केसीको माग पूरा गरी छिटो अनशन तोडाउने पहल गर्न सरकारसँग माग पनि गरेका छन् ।