September 26, 2017

संविधान संशाेधन विधेयक अाइतबार निर्णायार्थ संसदमा पेश हुने

काठमाण्डौ,२७ साउन । सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच अाइतबार बस्ने व्यवस्थापिका संसदकाे बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने  सहमति भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अाज बिहान भएकाे छलफलपछि संशोधन विधेयक निर्णयार्थ पेश गर्ने सहमति भएकाे हाे । राजपाका नेताहरूले संविधान संशोधन विधयेक मतदानका लागि संसदमा पेस गर्न माग गरे बमाेजिम आइतबार बस्ने बैठकमा विधेयक पेश गर्न लागिएको हो।

संविधान संशाेधन विधेक निर्णायार्थ संसदमा पेश हुने भएपछि राजपा प्रदेश २ मा हुने स्थानीय चुनावमा सहभागी हुने निश्चित भएकाे छ । संशोधन विधेयक अघि बढाउने सहमति भएपनि विधेयक पास हुन अावश्यक पर्ने दुई तिहाई बहुमत अझै पुग्ने देखिदैन ।

सत्तारुढ दल र राजपाका नेताहरुका अनुसार संशोधन विधेयक पास गर्न प्रयास गर्ने तर, पास फेल जे भएपनि नतिजा स्वीकार गर्दै राजपा चुनावमा जाने सहमति भएको छ ।