August 19, 2017

चिर्पटले हिर्काएर दाजुको हत्या

दिनेश शर्मा /राजविराज, २७ साउन । आफनै भाईले हिर्काएको चिर्पटले लागेर विहिवार राती सप्तरीमा एक व्यक्तिको मृत्यु भएको छ ।

सप्तकोसी नगरपालिका वडा न. ३ सखुवनी का ४० बर्षिय बलराम मुसहरको आक्रमणमा परि दाजु ४२ वर्षिय बल्खुराम मुसहरको मृत्यु भएको हो ।

सँगै बसेर रक्सी खाएका दाजुभाईबिच राती ९ वजे विवाद भएको र सोहिक्रममा भाईले चिर्पट दाउराले हिर्काउँदा बल्खुको मृत्यु भएको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।

दाजुसँग विवाद बढेपछि बलरामले नजिकै बारमा लगाएको दाउरा निकालेर हिर्काउदा  बल्खुरामको मृत्यु भएको सई बल बहादुर खत्रीले बताए । प्रहरीले वलरामलाई नियन्त्रणमा लिएको छ भने मृतकको शवलाई पोष्टमार्टमका लागि राजविराज स्थित सगरमाथा अञ्चल अस्पतकाल पठाएको खत्रीले जानकारी दिए ।