August 19, 2017

बाग्लुङमा घर भत्किदा दुईको मृत्यु

गणेश पौडेल / बागलुङ,  २७ साउन  । बागलुङको गलकोटमा घर भत्किदा दुई जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नं ९ बडागाउँका जयबहादुर बिकको घर गयराती एक्कासी भत्किदा ७३ वर्षीय बिक सहित उनका १३ वर्षीय नाती विवेक बिकको मृत्यु भएको हो ।
गयराती एक्कासी घरको पछाडीपट्टीको भाग भत्किएर दुवैजना च्यापिएका थिए । च्यापिएका दुवैको बिहान मात्र शव निकालिएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।
स्थानीय विद्यालयमा कक्षा तीनमा पढ्ने विवेक राती ११ बजेसम्म छिमेकीको घरमा टिभी हेर्न गएका थिए । टिभी हेरेर फर्किएको केही समयमै घरको पछाडिपट्टीको भाग भत्किएर दुवैजना पुरिएको स्थानीय प्रदीप सुनारले जानकारी दिए ।