October 18, 2017

राजपाका नेताद्वार संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्न माग

काठमाण्डौ,२७ साउन । राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्न आग्रह गरेका छन

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका राजपाका नेताहरुले संविधान संशोधन प्रक्रिया अघि बढाउन पर्ने बताएका हुन् ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणपछि संशोधन अघि बढाउने संकेत देखाएपछि  राजपा नेताहरुले भने तत्काल संशोधन अघि नबढाए चुनावमा जान गाह्रो हुन बताएका छन् ।

उनीहरुले प्रधानमन्त्री भारतबाट फर्किएपछि संशोधन अघि बढाउँदा चुनावको तयारीका लागि आफूलार्इ समय नै नपुग्ने  बताए ।