मलेसियामा आतंकवादी विरुद्धको कारबाहीमा नेपाली सहित झण्डै तीनसय प्रवासी नियन्त्रणमा

काठमाण्डाै, २७ साउन । मलेसियाको प्रहरीले आतंकवादी विरुद्धको पछिल्लो सुरक्षा कारबाहीका क्रममा झण्डै ३ सय जना प्रवासीलाई  नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका मध्ये कोही पनि आतङ्कवादीहरूको सम्पर्क व्यक्तिहरू नभएको स्थानीय सञ्चार माध्यमलाई उल्लेख गर्दै सिन्ह्वाले जनाएको छ ।

पक्राउ पर्नेमा विषेश गरेर नेपाल, यमन, पाकिस्तान, सिरिया, बङ्लादेश, भारत, प्यालेस्टाईन र सुडानका कामदार रहेको अधिकारीहरूले बताएका छन् ।

एक जना उच्च प्रहरी अधिकारीले उनीहरूलाई प्रहरी मुख्यालयमा लगेर अनुसन्धान गरिएको र कसैको पनि कुनै आतङ्कबादी समूहसँग सम्पर्क भएको नदेखिएको जानकारी दिएका छन् ।

उनीहरू मध्ये ५७ जनासँग मलेसिया बस्ने बैध अनुमतिपत्र नभएको पाइएको छ ।