October 19, 2017

जथाभावी बाटो काट्ने पैदलयात्रु कारबाहीमा पर्ने

काठमाण्डौ, १५ वैशाख । सडक दुर्घटनालाई न्यूनीकरण गर्न जथाभावी बाटो काट्ने पैदलयात्रुलाई कारबाही हुने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्नेलाई रु २ सय जरिवाना गर्ने जनाएको हो । ‘बढ्दो सवारी साधन र दुर्घटना न्यूनीकरणको अभियान’ सुरु गर्दै महाशाखाले आगामी जेठ १ गतेदेखि जरिवाना गर्न लागेको जनाएको छ ।

महाशाखाका प्रमुख मिङमार लामाले उपत्यकामा हुने दुर्घटनामध्ये अधिकांश दुई पाङ्गे सवारी साधनबाट हुने भएकाले यसको न्यूनीकरणका लागि अभियान चलाएको बताए । जथाभावी बाटो हिँड्ने वा काट्ने तथा जेब्रा क्रसिङबाट बाटो काट्दा सवारी नरोक्ने सवारी चालक दुबैलाई कारबाही गर्ने उनले जानकारी दिए ।

सडक सुरक्षासम्बन्धी उपत्यकाका २६ वटा सामुदायिक केन्द्रमार्फत आजैदेखि जनचेतना कार्यक्रम सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।