केपी अाेलीले भने – ‘प्रचण्ड बबुलकाे रुख जस्तो’

काठमाडौं, २६साउन  । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्रलाई विचारविहिन पार्टीको संज्ञा दिँदै बादशाहको पार्टीका रुपमा विकसित भएको टिप्पणी गरेका  छन ।

एमाले मुख्यालय धुम्वाराहीमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे माअाेवादीप्रति उनले यस्तो टिप्पणी गरेका हुन । माओवादी केन्द्र अब राजनीतिक पार्टी नरहेको भन्दै उनले गत निर्वाचनमा जनताले नै जवाफ दिइसकेको धारणा पनि राखे ।

अाेलीले माओवादी अध्यक्ष प्रचण्डलाई बबुलको रुख भन्दै त्यो रुखमुनि केही पलाउँन नसक्ने टिप्पणी पनि गरे । भरतपुर महानगरको निर्वाचन परिणामप्रति लक्षित गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले त्याँहाको बास्तविकता सबैले थाहा पाइसकेको बताए । उनले अब एमालेसंग कसैले पनि प्रतिष्पर्धा गर्न नसक्ने दाबी पनि गरे ।

अाेलीले एमाले देश जनता र आफ्ना कार्यकर्ताको संरक्षण गर्ने पार्टी भएको धारणा राखे  । कार्यक्रममा बिभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीले एमाले पार्टी प्रवेश गराएका थिए  ।