झापाकाे बी एण्ड सी हस्पिटलद्वार स्वाइनफ्लूकाे परीक्षण तथा उपचार सुरु

पकंज शर्मा/ झापा, २६ साउन । स्वाइनफ्लु रोगकाे संक्रमणबाट झापामा दुई महिलाको मुत्यु भएसगै बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलले स्वाइनफ्लू रोगको परीक्षण तथा उपचार गर्ने भएको छ ।

झापासहित देशैभर स्वाइनफ्लूको त्रास फैलिइरहेका बेला बी एण्ड सी हस्पिटल र जनस्वास्थ्य कार्यालय झापाको सहकार्यमा पूर्वाञ्चलको रिफरल सेन्टरका रुपमा यस रोगको उपचार गर्ने लागेको हो ।

स्वाइनफ्लूकै कारण झापामा २ जना महिलाले ज्यान गुमाएपछि बी एण्ड सीले यस रोगको उपचारमा चासो देखाएको हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताएका हुन् । स्वाइनफ्लू परीक्षणका लागि बी एण्ड सीले छुट्टै वार्ड स्थापना गरेको छ । ल्याब पनि छुट्टै बनाइएको निर्देशक प्रसाईंले जानकारी दिए।