आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न बाध्य हुने चीनको चेतावनी

काठमाण्डौ, २५ साउन । चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी दिएको छ ।

चीनले आवश्यक परे आफ्नो राष्ट्रिय अखण्डता र स्वार्थको रक्षाका लागि जनमुक्ति सेना कार्वाहीमा उत्रन सक्ने चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाकाे सम्पादकीयमा उल्लेख छ । चीनको दृढता र सार्वभौमसत्ता तथा राष्ट्रिय स्वार्थको जगेर्ना गर्ने चीनको शक्तिलाई अवमूल्यन नगर्न भारतलाई चेतावनी दिइएको छ ।

भारतले डोक्लाम क्षेत्रमा गत जुनदेखि सैन्य उपस्थित कायम राखेका कारण चीनको सार्वभौमिकतामा आँच पुगेको मात्र नभई क्षेत्रीय स्थीरताका लागि ठूलो चुनौती पैदा गरेको उल्लेख छ ।

‘भारत बच्कनापूर्ण अनुमान र मुर्खतापूर्ण कुरालाई आधार मानेर आफ्ना छिमेकीमाथि उत्रनु हुंदैन’। चीनले डोक्लामबाट सैनिक फिर्ता नगरी नाजयज मागहरु तेस्र्याएर चीनसँग भिड्न खोजेका भन्दै भारतले शान्ति चाहेको कुनै संकेत अहिलेसम्म नपाइएको आरोप लगाइएको छ ।