October 21, 2017

डा. केसीको समर्थनमा चिकित्सकहरु आन्दोलित

काठमाण्डौ, २५ साउन । अनसनरत डा. गोविन्द केसीको माग प्रति सरकार गम्भीर नभएको भन्दै बुधबारदेखि देशभरका सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल चिकित्सक संघले केसीको जीवन रक्षाका लागि दबाब बढाउने निर्णय गरेसँगै देशभरका चिकित्सकहरुले दबाब बढाउँदै लगेका छन् । उनिहरुले डा. केसीको मागमा दबाब बढाउन बुधबारबाट हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका छन् ।

संघले माग पूरा नगरेमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनीसमेत मंगलबार दिएको थियाे । चिकित्सा क्षेत्रमा सुधार माग गर्दै केसी ११ औंपटक अनसन बसेको १७ दिन हुदा पनि सरकारले उनको माग सुनुवाइ गरेको छैन ।

अनसनरत केसीको माग पूरा गराउन देशभर दबाब बढिरहेका बेला सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरुले विरोध थालेका हुन् ।