October 21, 2017

युइएफए सुपर कपको उपाधि रियल मड्रिडलाई

काठमाण्डौ, २५ साउन । च्याम्पियन्स लिग विजेता रियल मड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ ।

युरोपा लिग च्याम्पियन म्यान्चेस्टर युनाइटेडलाई २-१ ले पराजित गर्दै रियलले उपाधि हात पारेकाे हो । रियलको जितमा कासेमेरे र इस्कोले गोल गरे । युनाइटेडका लागि लुकाकुले जवाफी गोल फर्काए ।

२४औं मिनेटमा कासेमेरोको गोलबाट लिएको अग्रता ५२औं इस्कोले दोब्बर पारे । ६२औं मिनेटमा लुकाकुले सान्त्वना गोल फर्काए ।

यससँगै रियलले अब क्लब वर्ल्ड कपमा युरोपको तर्फबाट प्रतिनिधित्व गर्नेछ । सन १९९० पछि युइएफए सुपर कपको उपाधि रक्षा गर्ने रियल पहिलो टोली बनेको छ । यसबीचमा कुनै पनि टीमले लगातार दुई पटक सुपर कप जितेका थिएनन्।