August 20, 2017

अमेरिकाकाे गुआममा कुनैपनि बेला रकेट प्रहार गर्ने उत्तर कोरियाको तयारी

काठमाण्डाै, २५ साउन । उत्तर कोरियाले अमेरिकी रणनीतिक बम विमानहरु राखिएको अखडा रहेको गुआम वरपर मध्यमदेखि लामो दूरिको रकेट प्रहार गर्ने योजनामा काम भइरहेको बताएको छ ।

उत्तर कोरियाको समाचार एजेन्सीले राष्ट्रपति किम जोङ उनले निर्णय गर्ने वित्तिकै जुनसुकै समयमा उक्त कारवाही शुरु हुनसक्ने बताएकाे हाे ।

यस्तै उत्तर कोरियाले जुलाइमा दुईवटा अन्तरमहादेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि यी दुई मुलुकहरुबीच द्वन्द्व चुलिएको छ ।

अमेरिकी राष्ट्रपति डाेनाल ट्रम्पले भने मंगलबार सञ्चारकर्मीसँगकाे कुराकानिमा उत्तर कोरियाले अमेरिकालाई थप धम्की दिनु राम्रो नहुने भन्दै उनीहरुले त्यसको जवाफ विश्वले अहिलेसम्म नदेखेकाे द्वन्द्वकाे सामना गर्नु पर्ने चेतावनी दिएका छन्।