October 21, 2017

किन निलम्बित भएन आयल निगमका निर्देशक खड्का ?

काठमाण्डौ, २५ साउन । नेपालमा आयल निगमको जग्गा खरिद घोटला प्रकरण सडकदेखि सदनसम्म छरपस्ट छ ।

जग्गादेखि संसदीय समितिको एउटै निष्कर्ष छ-‘जग्गा खरिदमा करौडौं अनियमितता भएकै हो ।’ सार्वजनिक लेखा समितिले जगा खरिदमा अनियमितता भएको ठहर गर्दै निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गर्‍यो ।

भ्रष्टाचार अभियोग लाग्नासाथ प्रमाण नष्ट गर्नसक्ने भन्दै सम्बन्धित अधिकारीलाई निलम्बन गरेर थप अनुसन्धान गर्ने परम्परा छ । तर, निगमका कार्यकारी दिर्नेशक खड्का नियमित कार्यालय आएर काम गरिरहेका छन् ।

सरकारी अधिकारी र सांसद भन्छन्- करोडौं घोटालाको आरोप लागेका खड्का राजनीतिक नेतृत्वको संरक्षणकै कारण अझै निलम्बनमा परेका छैनन् ।’ आपूर्ति मन्त्री शिवकुमार मण्डल भने आफू राजधानी बाहिर रहेको र राजधानी फर्किएलगत्तै खड्कामाथि कारबाही थाल्ने बताए ।

खड्काले झापा, भैरहवा, चिवतन र सर्लाहीमा अनियमितता गरेर कमाउको रकमले उच्च राजनीतिक नेतृत्वलाई चित्त बुझाएएकै कारण कारबाही प्रक्रिया अघि बढ्न नसकेको शंका सांसदहरूको छ । याे खबर नागरिक दैनिकमा छ ।