October 18, 2017

संविधान संशोधनले जनताको अधिकार कटौती हुने एमालेका महासचिव पोखरेलले भनाई

काठमाण्डौ, ३१ चैत्र । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पछिल्लो संविधान संशोधनले जनताको अधिकार कटौती हुने बताएका छन् ।

‘प्रेस चौतारी, नेपाल राष्ट्रिय समाचार समिति, पत्रकारिता सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सरकारले पछिल्लो पटक ल्याएको संविधान संशोधन प्रस्तावले स्थानीय तहको अधिकार कटौती गरेको बताए ।

उनले अधिकार कटौतीको विषय एमालेलाई कुनै पनि हालतमा मान्य नहुने जानकारी दिए । महासचिव पोखरेलले संविधानमा सर्वस्वीकार्य हुन्छ भन्ने प्रमाणित गरेर देखाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी पनि दिए ।

उनले एमाले संशोधनको विपक्षमा भने नरहेको भन्दै औचित्यपूर्ण संशोधन आवश्यक रहेको धारणा व्यक्त गरे ।