October 21, 2017

रेखा थापाले रोजिन् राणालाई

काठमाण्डौ, २४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रिय सदस्य एवं नायिका रेखा  थापाले कमल थापाको साथ छाडेकी छिन ।

कलाक्षेत्रमा चतुर भनेर चिनिने थापा राजनीतिमा पनि चतुर खेलाडीको रुपमा देखिएकी छिन । राप्रपा फुटेपछि थापा कतातिर भन्ने चर्चा चलिरहेकै समयमा रेखाले आफू राप्रपा प्रजातान्त्रिकमा लाग्ने बताएकी छिन ।

उनले राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहरालाई आफूले कमल थापाको साथ छाडेको बताएकी छिन । उनले राप्रपा प्रवेश गर्दा पनि आफूले कहिल्यै राजतन्त्रको वकालत नगरेको पनि उनले बताइन् ।

राप्रपाका बरिष्ठ नेता पशुपतिशमशेर जबराले आफ्नै नेतृत्वमा राप्रपा प्रजातान्त्रिक दल दर्ता गराएका पछि थापाले राणालाई रोजेकी हुन् ।