August 20, 2017

आपत्तिजनक वेवसाइट खाेज्नेमा भारतीय बच्चाहरु अघि

काठमाण्डौ, १४ वैशाख । कम्प्युटर सफ्टवेयर बनाउने कम्पनी मेकफीले भारतीय अभिभावकहरुका लागि यस्तो रिपोर्ट दिएको छ जसले गर्दा भारतीय अभिभावकहरुले सोच्ने बेला आएको छ ।

अमेरिका र बेलायतजस्ता देशको तुलनामा आपत्तिजनक वेवसाइटमा जाने भारतीय बच्चाहरुको संख्या बढ्दै गएको छ । ३६ प्रतिशत अभिभावकहरुले आफ्ना बच्चाहरुलाई वेवसाइटमा निगरानी राख्नका लगि सफ्टवेयरको प्रयोग गर्ने गरेको बताए ।

मेकफीले गरेको अनुसन्धानमा संलग्न धेरै भारतीय आमाबुबाहरु बच्चाहरु अनुचित वेवसाइटमा जाने गरेको बताए । जुन आपत्तिजनक वेवसाइटमा जाने मामलामा भारतीय बच्चाहरु अन्य १३ देशभन्दा अघि छन् ।

२६ प्रतिशत अष्ट्रेलियाली बच्चा, ४५ प्रतिशत ब्राजिली बच्चा, ४१ प्रतिशत प्रान्सका बच्चा, ३७ प्रतिशत अमेरिकी बच्चा र २३ प्रतिशत बेलायती बच्चाहरु अनुचित वेवसाइटमा जाने गरेको उक्त अध्ययनले बताएको छ ।

सर्वेक्षणमा के पाइयो भने ८४ प्रतिशत भारतीय अभिभावकहरु आफ्ना बच्चाहरुलाई इन्टरनेट कनेक्टेड डिभाइसका साथ ओच्छ्यानमा जाने अनुमति दिन्छन् । धेरै अभिभावक के भन्छन् भने आमाबुबालाई कनेक्टेड डिभाइसबाट नजर राख्न पर्ने हुन्छ जसले गर्दा बेलैमा सुरक्षा अपनाउन सकिन्छ ।

याे अध्ययनमा इन्टेरनेटको प्रयोग गर्ने १३ हजार वयस्कहरुलाई सामेल गरिएको छ । सर्वेक्षणमा अष्ट्रेलिया, ब्राजिल, क्यानडा, फ्रान्स, जर्मनी, भारत, मेक्सिको, नेदरल्याण्ड, सिंगापुर, स्पेन, बेलायत र अमेरिका सामेल थियो ।