October 21, 2017

काठमाण्डौ महानगरका मेयर र उपमेयरलाई २ करोड बढीको गाडी

काठमाण्डौ, २४ साउन । काठमाण्डौ महानगरपालिकाले प्रमुख र उपप्रमुखका लागि दुई करोडभन्दा बढी मूल्यका गाडी खरिद गरेको छ ।

महानगरले प्रमुख विद्यासुन्दर शाक्यलाई १ करोड २० लाख रुपैयाँ पर्ने र उपप्रमुख हरिप्रभा खड्गीलाई ८६ लाख मूल्य पर्ने गाडी खरिद गरेको हो । प्रमुख शाक्यले चढ्ने टोयटा कम्पनीको विलासी गाडी महानगरपालिकाको कार्यालयमा आइसकेको छ भने उपप्रमुख खड्गीको गाडी आउन बाँकी छ ।

महानगरको नयाँ बजेटमा जनप्रतिनिधिको सवारी खरिदका लागि ३ करोड बजेट विनियोजन गरिएको छ। महानगरले जनप्रतिनिधिको सुविधामा ६ करोड २५ लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ ।

तलब सुविधामा २ करोड १५ लाख, गाडी सुविधाका लागि ३ करोड १० लाख, उपचार सुविधाका लागि २० लाख, पोशाक सुविधाका लागि २० लाख र सल्लाहकार सुविधाका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।याे खबर नागरिक दैनिकमा छ ।