October 20, 2017

इजरायलले सिरियाको हवाई अड्डा नजिक क्षेप्यास्त्र प्रहार गर्यो

काठमाण्डौ, १४ वैशाख । सिरियाको सरकारी मिडिया अनुसार इजरायलले सिरियाको दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल नजिक एक सैनिक अड्डामा क्षेप्यास्त्र प्रहार गरेको छ ।

सना न्युज एजेन्सीका अनुसार यो हमलामा एउटा तेलको ट्याङ्क र एउटा गोदाम ध्वस्त भएको छ । सिरियाको विद्रोहीसँग जोडिएको सूत्रले भन्यो, ‘यो हमलाले हिजबुल्लाको सैनिक अड्डामा नोकसान पुगेको छ, जुन सिरियाली सरकारसँग मिलेर विद्रोहीविरुद्ध लडिरहेको छ ।’

यद्दपि इजरायलको सेनाले भने यो घटनालाई लिएर आफ्नो टिप्पणी दिएको छैन ।